देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्प पीडितलाई एकमुष्ट डेढलाख दिने सहमती

देशान्तर

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सरकारबीच भूकम्प पीडितहरुलाई आवास निर्माण गर्न पहिलो पहिलो किस्ता एक लाख पचास करोड रुपैयाँ दिने सहमती भएको छ । 

यो सहमतीसँग अवरुद्ध हुँदै आएको संसद बैठक सुचारु हुने भएको हो । यसअघि भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुइलाख  सहुलियत ब्याजदरमा ऋण दिन माग गर्दै सदन अवरुद्ध पार्दै आएको थियो ।

आज दिउँसो २ बजे बस्ने सदनको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेर पुननिर्माण, राहत लगाएतका विषयमा प्रमुख प्रतिपक्षले उठाएका सवालमा जवाफ दिने कार्यक्रम रहको छ । 

सहमतीका लागि प्रमुख दलहरुका प्रतिनिधि संलग्न कार्यदल बनेको थियो । आज विहान बसेको कार्यदल र शिर्ष नेताहरुको बैठकले सो सहमती गरेको हो ।

प्रधानमन्त्री केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकाका सभापति शेरबहादुर देउवासहित कार्यदलको बैठक बसेको थियो । 

कार्यदलमा कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा प्रकाशशरण महत, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहेका छन् ।  

]]>