देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँगे्रस किसानको पार्टी र किसानकै साथी : नेता पौडेल

देशान्तर

काभ्रे ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण नगरी कृषि क्रान्ति सम्भव नहुने बताएका छन् । ‘कृषिमा थोरै मेहेनत गरेर धेरै कमाउने र यो पेसालाई मर्यादित बनाउन किसान र श्रमको सम्मान गर्ने संस्कृति बसाउनुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने ।

नेपाल किसान सङ्घ काभ्रे र नेपाली काँग्रेस उग्रचण्डी नाहाला गाउँकार्यसमितिद्वारा धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले किसानलाई सम्मान गर्ने संस्कृति नहुँदा वेरोजगारी बढेर युवाहरु विदेशीन थालेको बताए । उनले काँग्रेस किसानको पार्टी र किसानको साथी भएको बताउँदै हलो जोतेर र मजदुरका समस्या उठाएर पार्टीको स्थापना भएको प्रसङ्ग उल्लेख गरे ।

कार्यक्रममा सांसदहरु कञ्चनचन्द्र वादे श्रेष्ठ, तीर्थ लामा, काभ्रे काँग्रेसका सभापति मधु आचार्य र किसान सङ्घका केन्द्रीय अध्यक्ष भानु सिग्देलले कृषि पेसालाई प्रतिस्पर्धी, व्यावसायीकरण र सम्मानित बनाउनुपर्ने धारणा राखेका थिए । असार पन्ध्रका अवसरमा सो स्थलमा रोपाइँ महोत्सवको समेत आयोजना गरिएको थियो । 

]]>