देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशलाई निकास दिन्छौँः नेता पौडेल

देशान्तर

नवलपरासी। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र मधेसवादी दलबीच आन्दोलनको समन्वय गर्ने काम अब नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् ।  

आज रिपोर्टर्स क्लब नवलपरासी शाखाले परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै नेता पौडेलले भने, “आन्दोलनरत पक्ष र सरकारबीच वार्ता अब काँग्रेसले मिलाउँछ ।” 

सो अवसरमा नेता पौडेलले सरकारले जनतामुखी काम गर्न नसकेको बताउँदै पहिला संविधान निर्माणमा अगुवा बनेको काँग्रेस अब संविधान कार्यान्वयनको काममा पनि अगुवा बन्ने बताए । 

सरकारले अहिले घोषणा गरेका स्थानीय निर्वाचनको कुनै औचित्य नभएको बताउँदै नेता पौडेलले देश सङ्घीयतातर्फ उन्मुख भएकाले पुरानै गाविस वा नगरपालिका नभई सङ्घीयताका आधारमा गाउँपालिका, नगरपालिकाअनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गरे ।  

देशमा देखिएका विभिन्न समस्या समाधान गर्ने काममा अब काँग्रेस अघि बढ्ने विचार राख्दै नेता पौडेलले अब देशलाई निकास दिन काँग्रेसले संविधान कार्यान्वयनका साथै लोकतन्त्र संस्थागत गर्न अघि बढ्ने विचार राखे । 

]]>