देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रेड युनियन अधिकारप्रति काँग्रेस सकारात्मकः महामन्त्री डा कोइराला

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ट्रेड युनियन अधिकारप्रति काँग्रेस सकारात्मक रहेको बताएका छन् ।  

नेपाल ट्रेड युनियन काठमाडौँ जिल्ला परिषद्ले शुक्रबार यहाँ आयोजना गरेको तेस्रो जिल्ला परिषद् एवम् सम्मान कार्यक्रममा बोल्दै डा कोइरालाले काँग्रेसले ट्रेड युनियनको अधिकारलाई सधँै सम्मान गरेको प्रष्ट पारे ।  उनले भने,“म र काँग्रेसले सधँै श्रमिकको सम्मान गर्दछौ।” 

डा कोइरालाले अहिलेको संविधानले श्रमिकको हक अधिकारलाई सुनिश्चित गरेको स्पष्ट पारे ।  

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनको क्षेत्रमा अरु राजनीति दलले भन्दा काँग्रेसले धेरै काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे ।  

 कार्यक्रममा नेपाल यातायात मजदुर सङ्घ, नेपाल कृषि श्रमिक सङ्घ, नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक सङ्घ, कान्तिपुर पब्लिकेसन प्रालि कर्मचारी सङ्घ प्रतिष्ठान, नेपाल भन्सार तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल इम्बोइडरी ह्यान्डीक्राप्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घ, नेपाल नाई सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घलाई सम्मान गरिएको थियो । 

]]>