देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सदनमा बजेटबारे प्रभावकारी रुपमा प्रस्तुत हुन कांग्रेस सांसदलाई निर्देशन

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले शनिबार प्रस्तुत गरेको आगामी आवको बजेट वक्तव्यका सम्बन्धमा पार्टीका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको छ ।  पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले आज बस्ने सदनको बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महतले पार्टीको तर्फबाट धारणा राख्ने निर्णय गरेको छ । 

बजेट वितरणमुखी भन्दै आलोचना गरेको प्रतिपक्षी दल काँग्रेसले पालैपालो पूर्वअर्थमन्त्रीलाई बजेटको नकारात्मक पाटोका बारेमा धारणा राख्ने गरी निर्देशन दिएको सांसद रमेश लेखकले जानकारी दिए । उनका अनुसार आज पूर्वअर्थमन्त्री डा रामशरण महत, मङ्गलबार पूर्वअर्थमन्त्री महेश आचार्य र नेता डा प्रकाशशरण महतलाई विशेष समय लिएर बोल्न निर्देश गरिएको छ ।

बैठकमा सांसदहरुले बजेटका विभिन्न पाटोमाथि टिप्पणी गरेका थिए । आम जनतालाई केही फाइदा नहुने, कार्यान्वयन हुँदै नहुने बजेट ल्याइएको भन्दै काँग्रेस सांसदले आपत्ति जनाएका थिए । उनिहरुले सरकारले बजेटमा एकलौटी गरेको भन्दै प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए । संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट यथार्थको नजिक नभएको भन्दै आलोचना गरेको थियो । सांसद विमलेन्द्र निधिलगायतले बजेट निर्वाचन केन्द्रित भएको भन्दै विरोध गरेका थिए । 

]]>