देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक बर्षको अन्तमा मन्त्रीको जिल्ला भ्रमणभत्ताका बीलको ओइरो, सवैभन्दा बढि खर्चालु संचारमन्त्री राई

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता टिकाउनका लागि ६÷६ जना उपप्रधानमन्त्री तथा मन्त्री र राज्य तथा सहायक मन्त्री गरेर ४१ जनाको जम्बो मन्त्रीमण्डल बनाएका छन् । आवश्यक नै नभएका मन्त्रालय टुक्राएर प्रधानमन्त्री ओलीले मन्त्री बनाएका छन् । यति धेरै उपप्रधानमन्त्री मन्त्री राज्यमन्त्री र सहायकमन्त्रीको काम भनेको राज्यकोषको पैसा सकेर बिभिन्न जिल्लाको डुलेर हिड्नुमात्र रहेको छ । ओली सरकारका उपप्रधानमन्त्री मन्त्री र राज्यमन्त्री गरेर २८ जना मन्त्रीले जिल्ला भ्रमण गरेर राज्यकोषको ३१ लाख ३८ हजार ९ सय १० रुपैया आफ्ना सहयोगी मार्फत भुक्तानी लिनका लागि आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका बील पेश गरेका छन् । 

यो त उनिहरुले राज्यकोषबाट अनुगमन मूख्यांकन खर्चका नाममा असुल्ने रकम हो । यो बाहेर जिल्ला जिल्लामा पुगेर आफुले सम्हालेको मन्त्रालय अन्तरगतका कार्यालयलाई गर्न लगाउने खर्च त बेग्लै हुने गर्दछ । 
यसरी राज्यकोषबाट अनुगमन मूख्यांकन खर्चका नाममा रकम असुल्नेहरुमा बढि एमाले निकटमन्त्री रहेका छन भने शक्तीशाली मन्त्री तथा राज्यमन्त्रीहरुले पनि ठुलो परिणाममा रकम असुलेका छन् । अनुगमन मूख्यांकन खर्चका नाममा सवैभन्दा बढि रकम दाबि गर्ने संचारमन्त्री शेरधन राई रहेका छन् । उनले आफ्ना सहयोगी पारुहाङ राईले भुक्तानी पाउने गरि आजको मितिमा ३ लाख ५७ हजार ८ सय ५० रुपैयाँ दाबि गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका बील पेश गरेका छन् । मन्त्री राईले उपप्रधानमन्त्रीहरुको भन्दा बढि जिल्ला भ्रमण बापतको अनुगमन मूख्यांकन खर्चको बील पेश गरेका छन् । 

त्यसैगरि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बल बहादुर महत सवैभन्दा बढिको बील पेश गर्ने राज्यमन्त्री भएका छन् ।  उनले सहयोगी नृपेन्द्र महतले भुक्तानी पाउनेगरि २ लाख ६८ हजार ६ सय २० को बील पेश गरेका छन् । उनी भन्दा पछि स्थानियबिकास राज्यमन्त्री कुन्ती शाहीले राज्यमन्त्री बील पेश गरेकी छन् । उनले नीजि सहयोगी सरस्वती केसीले भुक्तानी पाउने गरि आजकै मितिमा १ लाख ४८ हजार ३ सय १० रुपैयाँको बील  प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेकी छन् । 

उपप्रधानमन्त्रीहरुले अनुगमन मूख्यांकन खर्चका नाममा जिल्ला भ्रमणको बील आ– आफ्नो हैसियत अनुसार पेश  गरेका छन् । सवैभन्दा बढिको बील विजय गच्छदारले पेश गरेका छन् भने सवैभन्दा कम चित्रबहादुर केसीको बील रहेका छ । केसीले सहयोगी दुर्गादत्त शर्माले भुक्तानी पाउनेगरि ३४ हजार ३ सय ३० रुपैया, अर्का उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले सहयोगी छाप बहादुर रायमाझीले भुक्तानी पाउनेगरि    १ लाख २१ हजार ४ सय १०, त्यस्तै उपप्रधान एवं परराष्ट्र मन्त्री श्री कमल थापाले सहयोगी दामोदर वाग्ले    ले भुक्तानी पाउने गरि २ लाख २९ हजार ८ सय ४०, नेकपा मालेका महासचिव रहेका उपप्रधानमन्त्री श्री चन्द्र प्रकाश मैनालीले सहयोगी रोसन प्रसाद रिमाल भुक्तानी पाउने गरि १ लाख १५ हजार ९ सय १० र फोरम लोकतान्त्रीकका अध्यक्ष उपप्रधानमन्त्री  गच्छदारले सहयोगी यज्ञ प्रसाद चौधरीले भुक्तानी  पाउनेगरि ३ लाअ ९ सय ५५ रुपैयाको बील प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । 

यसरी बील पेश गर्नेमा सामान्य प्रशासन मन्त्री रेखा शर्माले नीजि सहयोगी राजेन्द्र भट्टराईले भक्तानी  पाउने गरी आजै ४३ हजार ९ सय १० रुपैया, स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले सहयोगी प्रथम कुमार चौधरी    भुक्तानी पाउने गरि आजै ४९ हजार ७ सय ८० रुपैयाँ, खानेपानी तथा सरसफाई राज्य मन्त्री दिनेशचन्द्र यादवले सहयोगी राधेश्याम यादवले भुक्तानी पाउने गरि ४० हजार ५ सय रुपैयाँ, स्वास्थ्य राज्य मन्त्री मोहम्मद मुस्ताक आलमले सहयोगी राजु पौडेलले भुक्तानी पाउनेगरि ३३ हजार १ सय ५० रुपैयाको बील प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरेका छन् । 

त्यसैगरि अर्थ मन्त्री श्री विष्णुप्रसाद पौडेलले सहयोगी यमराज पाण्डेले भुक्तानी पाउनेगरि ५६ हजार ६ सय ८०, उद्योग राज्य मन्त्री मेघराज नेपाली (निषाद)ले स्वकीय उपसचिव तेज प्रकाश नेपाली भुक्तानी पाउने गरि ३८ हजार ७ सय ७०, गृह मन्त्री शक्ति बहादुर वस्नेतले सहयोगी विन्दमान विष्टले भुक्तानी पाउने गरि ७३ लाख ६ सय ५० रुपैयाको बील पेश गरेका छ । गृहमन्त्रीलाई दैनिक पाँच लाख सम्म बिना कुनै जानकारी खर्च गर्नका लागि कानुनले नै छुट दिएको छ । 

यस्तै मन्त्री आनन्द प्रसाद पोखरेलले सहयोगी उमेश आचार्य    ले भुक्तानी पाउने  गरि     १ लाख ६ हजार १ सय ३५, अर्थ राज्य मन्त्री दामोदर भण्डारीले सहयोगी लोकबहादुर भण्डारीका नाममा भुक्तानी हुनेगरि १ लाख २७ हजार ५ सय ४०, जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले सहयोगी रोशन कुमार पासवानले भुक्तानी पाउने गरि ७२ हजार ४ सय, भुमिसुधार तथा व्यवस्था मन्त्री श्री रामकुमार सुब्बाले प्रकाश चौधरी मार्फत भुक्तानी लिनेगरि ७७ हजार ६ सय ७०, उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्ना स्वकीय शाखा अधिकृत पदमप्रसाद गैरेका नाममा भुक्तानी हुनेगरि २ लाख ५ हजार १० रुपैया, भूमिसुधार तथा व्यवस्था राज्य मन्त्री विक्रमबहादुर थापाले सहयोगी केदारबहादुर धमलामार्फत भुक्तानी पाउने गरि १ लाख ३ हजार १ सय २०, शान्ति तथा पुननिर्माण राज्य मन्त्री दिपनारायण शाहले सहयोगी संजिव कुमार शाह    ले भुक्तानी पाउनेगरि ८४ हजार ३ सय ४० रुपैयाँ, श्रम तथा रोजगार मन्त्री दिपक बोहराले सहयोगी धर्मबहादुर के.सी.का नाममा भुक्तानी हुनेगरि ४६ हजार ४ सय ८० रुपैयाको बील आज प्रधानमन्त्री कार्यालयमा पेश गरेका छन् । 

युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले सहयोगी भागवत प्रसाद चौधरीका नाममा भुक्तानी हुने गरि २९ हजार १ सय ३०, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले स्वकीय उपसचिव लेखनाथ निरौलाका  नाममा    ५९ हजार ७०, पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले सहयोगी प्रमेश पोखरेलका नाममा ९४ हजार ७ सय १०, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले सहयोगी इन्द्रमणि पोखरेलका  नाममा भुक्तानी पाउने गरि १ लाख २२ हजार ५ सय ५०, र सिंचाई मन्त्री श्री उमेश कुमार यादवले योगेन्द्र यादवका नाममा भुक्तानी पाउने गरि ९७ लाख ९० रुपैयाँको बील प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पेश गरेका छन् । 

 

]]>