देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निलम्बित सभासद सञ्जय साहलाई सिंघानिया हत्याको पनि आरोप

देशान्तर

काठमाडौं । तीन वर्षअघि पाँच जनाको ज्यान जाने गरी गराइएको विस्फोटका मूख्य आरोपी निलम्बित सभासद सञ्जयकुमार साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा भएको छ।

सिंघानिया हत्याका मूख्या आरोपी चन्द्रदीप यादवले निलम्बित सभासद साह र उनका सहयोगी रामगोविन्द यादवले १० लाखको ‘सुपारी’ दिएर सिंघानियालाई हत्या गर्न लगाएको बयान दिएका छन्।

सिंघानिया हत्याका आरोपीहरु निलम्बित सभासद साह, हत्याको जिम्मा लिने तत्कालीन सशस्त्र समूहका नाइके अर्जुन सिंह भनिने मुकेश चौधरी, गोली प्रहार गर्ने एकलाल भनिने योगेन्द्र सहनी र साहका पूर्वसहयोगी ओम यादवलाई धनुषा ल्याइएको छ। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>