देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको नेताको छान्न आज मतदान

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ। तत्काली सभापति सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको दलको नेताका लागि बुधवार निर्वाचन हुन लागेको हो। दलको नेताको लागि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा उत्रिएका छन्।

दलको नेताको निर्वाचन विहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा हुने निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए।

उनका अनुसार दलको नेता चयनको निर्वाचन विद्युतीय मतदानबाट हुने भएकाले मतदान सकिएको केहीबेरमै नतिजा आउने छ।  कांग्रेस संसदीय दलको निर्वाचनमा मत संख्या २०७ मध्ये दलको नेतामा निर्वाचित हुन एक सय ४ मत ल्याउनु पर्ने हुन्छ। 

]]>