देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस सरकारमा सहभागी हुँदैनः नेता सिटौला

देशान्तर

उर्लाबारी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेस सरकारमा जाने कुरा हल्लामात्र भएको बताएका छन् ।  

मोरङको विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै अहिलेको अवस्थामा वर्तमान सरकारमा काँग्रेस सहभागी नहुने स्पष्ट पारे ।  

नेता सिटौलाले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय एकतामा जोड दिएका उनले नेपाली काँगेंस सबैभन्दा ठूलो दल भएको हैसियतले मुख्य दलहरुबीच एकता कायम गर्न पहल गर्ने बताए ।  

संसदीय दलको निर्वाचनपछि हुने पहिलो बैठकबाटै मधेसको समस्या, संविधान कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धिका लागि काँग्रेस दृढ भएर लाग्ने उनको भनाइ थियो । उनले आन्दोलनबाट समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै निकास खोज्न मधेसी मोर्चालाई आग्रह समेत गरे ।  

]]>