देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबको काँग्रेस ‘डिजिटल काँग्रेस’

देशान्तर

काठमाडौं । नेपाली काँग्रेस पार्टीलाई  प्रविधिमैत्री बनाउन नेपाली कांग्रेस निकट प्राविधिक विद्यार्थीहरुको समूहले ’डिजिटल कांग्रेस’ अवधारण सार्वजनिक गरेका छन् । प्राविधिक विद्यार्थीहरुको समूहले शुक्राबार राजधानीमा कार्यक्रम गरी ’डिजिटल कांग्रेस’ एपको विकास गर्ने अवधारणा सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी समुहका आनन्दश्री न्यौपानेको टोलीले प्रविधिमार्फत पार्टीलाई सहजरुपमा जनताको बीचमा जोड्नको लागी मोवाईल एप्लीकेसन बनाउने अबधारणा सार्वजानिक गरेका हुन् । पार्टीले अनुमति दिए आगामी तीन महिनाभित्र प्रयोगमा ल्याउन सक्ने गरी एपको तयारी गरेको उक्त समूहले कांग्रेसको क्रियाशील सदस्यता नम्बरको आधारमा त्यसलाई प्रयोग गर्न सक्ने टोलीका प्रमुख न्यौपानेले बताए ।  

एपकै माध्यमबाट क्रियाशील सदस्यता नविकरण, सदस्यहरुसम्म पार्टीको सूचना र निर्देशनहरुका साथै पार्टीका सबै तहका नेता तथा कार्यकर्ताको जानकारी रहने गरी एपको विकास गर्न सकिने न्यौपाले जानकारी गराउँदै भने,‘एपका प्रयोग कर्ता कांग्रेसका सबै क्रियासिल सदस्यसँग दोहोरो अन्तिक्रिया गर्न सकिनेछ,’ न्यौपानले भने, ’एपमा ’ई– कन्फरेन्स र ई –भोटिङको सुविधा पनि विकास गर्न सकिने छ।’ 

कार्यक्रममा नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएको उपलक्षमा प्रदिप पौडेललाई सम्मान गरिएको थियो । प्राविधिक विद्यार्थीहरुको क्रियशनले महाधिवेशनमा भोट माग्न आफुलाई धेरै सहयोग गरेको बताउँदै नेता प्रदिप पौडेलले पार्टीलाई प्रविधिमैत्री बनाउन लविङ गर्ने प्रतिवद्धता जनाए ।

]]>