देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठकमा कुन कुन प्रस्ताव ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मुखमा वर्तमान केन्द्रीय समितिको सम्भवतः अन्तिम बैठक मंगलबारका लागि बोलाइएको छ । मंगलबारको बैठकले केन्द्रीय समितिका तर्फबाट महाधिवेशनमा लैजाने विभिन्न प्रस्तावका विषयमा छलफल हुने बताइएको छ । पार्टी सभापति सुशील कोइरालाको आकस्मिक निधनका कारण पार्टीका तर्फबाट महाधिवेशनमा पेश गर्ने नीति तथा कार्यक्रम विधान मस्यौदा समितिको प्रस्तावका बारेमा छलफल भएको छैन् । सभापति कोइरालाको १३ औं पुण्यतिथिपछि नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो । 

नीति तथा कार्यक्रमका बारेमा जिल्लाजिल्लामा सुझावका लागि प्रस्तावित मस्यौदा पठाइएको र १० गते अन्तिम दिन राखेर सुझाव माग गरिएको छ । जिल्लाजिल्लाबाट आएका सुझावहरूलाई समेत समेटेर ११ गते मंगलबार बस्ने केन्द्रीय समितिको बैठकमा नीति तथा कार्यक्रमको मस्यौदा पेस हुने बताइएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलका अनुसार सुरुमा ५ गतेसम्ममा नीति तथा कार्यक्रममाथि सुझाव माग गरिएको थियो । तर सभापतिको निधनपछि महाधिवेशनका प्रक्रिया स्थागित गरी १३ दिनसम्म महाधिवेशनका प्रक्रियाबाहेकका कुनै गतिविधि नगर्ने भएकाले सो सुझाव दिने म्याद १० गतेसम्मका लागि सारिएको हो । 

यसैबीच विधान मस्यौदा समितिले पनि प्रस्तावित मस्यौदासमेत केन्द्रीय समितिको बैठकमा पेश हुने भएको छ । नेपाली कांग्रेसले विधानलाई नया“ संविधान अनुरूपको बनाउने, पदाधिकारी थप गर्ने तथा समावेशी सदस्यहरू थप गरेर केन्द्रीय समितिको आकार बढाउने तयारी थालेको छ । तर यसमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले असहमति जनाइरहेको छ । विधान मस्यौदा समितिमा रहेका देउवा पक्षधर नेताहरूले प्रस्तावित विधान मस्यौदा समितिमा फरक मत राखेर विधानमा केन्द्रीय समितिको संख्या थप गर्ने विषयमा असहमति जनाएको छ । तर आमकार्यकर्ता मात्रै नभएर देउवा पक्षकै केही नेताहरू भने विधान कुनै पनि हालतमा संशोधन गर्ने मुडमा देखिएका छन् । बैठकमा विधान संशोधनको कुरा कुनै पनि हालतमा पास गराउने पक्षमा संस्थापन पक्ष छ भने देउवा पक्ष कुनै पनि हालतमा रोक्ने पक्षमा छ । 

वरिष्ठ नेता देउवाले अहिले विधान संशोधन रोक्ने तर पछि आफूले सभापति जितेमा तुरुन्तै केही महिनाभित्रै महासमितिको बैठक बोलाएर विधान संशोधन गर्ने र निर्वाचित केन्द्रीय सदस्यहरूलाई मनोनीत पदाधिकारीमा ल्याउने प्रस्ताव केही पदाधिकारी आकांक्षीहरूलाई बँ“ड्न थालेका छन् । तर देउवाको यो आश्वासनमा देउवा पक्षका नेताहरूले नै असहमति जनाएको बताइएको छ । अन्य पार्टीहरूस“ग प्रतिस्पर्धा गर्नका लागि र पुरानो पार्टी नेपाली कांग्रेसमा धेरै नेताहरू सम्मानजनक स्थान दिनुपर्ने भएकाले पनि विधान संशोधन आवश्यक भएको आम कार्यकर्ताहरूको समेत भनाइ रहेको छ । त्यसकारणले देउवा सके केन्द्रीय समिति बैठकमा रोक्ने प्रयास गर्ने अन्यथा महाधिवेशनमा भने विधानको मुद्दा नलैजाने मुडमा रहेको बताइएको छ । 

 

]]>