देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको १३ औं महाधिवेशन निर्वाचन निर्देशिका पारित

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो आसन्न १३ औं महाधिवेशनको निर्वाचन निर्देशिका पारित गरेको छ । सभापति सुशील कोइरालाको अध्यक्षतामा आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ औं महाधिवेशनको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका– २०७२’लाई पारित गरेको हो ।

यसैगरी बैठकले विश्वकै उत्कृष्ठ अर्थमन्त्री बन्न सफल भएकोमा केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत र पार्टी सभापति कोइराला नेतृत्वको तत्कालिन सरकारलाई बधाई दिएको छ । 

‘लण्डनवाट प्रकाशीत हुने विश्व प्रसिद्ध पत्रिका “द फिनान्सियल टाइम्स”को सह–प्रकाशन “द वैकर” ले आफ्नो ९० औं वर्षगाँठको अवसरमा वर्ष २०१५ को लागि तत्कालिन नेपाली कांग्रेसको नेतृत्वको सरकार र सरकारका अर्थमन्त्री डा.रामशरण महतलाई भुकम्प पश्चातको राहत एवं पुनःनिर्माणका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालनमा र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने क्रममा निर्वाह गर्नु भएको भूमिकाकालागि  एशिया प्यासिफिक र विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा सम्मानीत हुनु भएकोमा तत्कालिन सरकार र अर्थमन्त्रीलाई वधाईका साथै उक्त संस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो’, नेपाली कांग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

बैठकमा पार्टीका उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्यले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

त्यसैगरी  निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले निर्वाचन निर्देशिका सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका थिए ।  

 

 

]]>