देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराई–मधेस समस्या छिट्टै समाधान हुन्छः उपसभापति पौडेल

देशान्तर

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराई मधेसमा देखिएको समस्या अब छिट्टै समाधान हुने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले वर्तमान सङ्कट समाधानका लागि पहल गर्न आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उपसभापति पौडेलले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकबाटै सहमतिको आधार तय हुने भएकाले समाधान छिट्टै निस्कनेमा आफू विश्वस्त रहेको बताए । 

मधेसमा देखिएको समस्या समाधनका लागि आफ्नै सरकारको पालामा संशोधन प्रस्ताव संसदमा दर्ता गराएको स्मरण गराउँदै उनले भने, “जनसङ्ख्या, समानुपातिक र समावेशीको मुद्दा संशोधनमार्फत सम्बोधन हुन्छ ।” 

केही दिन अघि छिमेकी मुलुक भारतको भ्रमण गरेर स्वदेश फर्केका पौडेलले वार्ता र संवादबाटै तराईको समस्या समाधान होस् भन्ने चाहना छिमेकी मुलुकको रहेको पनि स्पष्ट पारे । 

महाधिवेशनबाट भागबण्डाको राजनीति अन्त्य हुन्छ 

उपसभापति पौडेलले पार्टीको आगामी महाधिवेशनले भागबण्डाको राजनीतिक अन्त्य गर्ने बताएका छन् । 

उनले देशभरका पार्टीका नेता कार्यकर्ताले आफूबाट ठूलो अपेक्षा गरेकाले पार्टीको आवश्यकताअनुसार उम्मेदवारी दिने बताउँदै भने, “पार्टीभित्र सबैले अवसर पाउनुपर्छ । मलाई सुशीलजीको पूर्ण समर्थन हुन्छ ।” 

देश सङ्घीयतामा गइसकेकाले पार्टीेको विधान संशोधन प्रदेशअनुरुप हुनुपर्ने उनको भनाइ थियो । 

]]>