देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक अभावमा लघुजलविद्युत आयोजना बन्द

देशान्तर

बैतडी। जिल्लाको गाँजरीस्थित इरानागाड लघुजलविद्युत् आयोजना आर्थिक अभावले बन्द भएको छ । 

गाविसको वडा नम्बर १, २ र ६ मा विद्युत् सेवा दिइरहेको सो आयोजना बिग्रेको दुई वर्षभन्दा बढी भएपनि अझै सुचारु हुन नसक्दा स्थानीवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत्को मेसिनमा खराबी आएपछि आयोजनाका तार र पोलसमेत लथालिङ्ग अवस्थामा रहेका छन् । 

लघुजलविद्युत् आयोजना सञ्चालक समितिसँग मर्मतका लागि आवश्यक रकम नहुँदा आयोजनालाई सञ्चालन गर्न नसकिएको समितिका सदस्य कृपा कामीले बताए । “महसुलबापत सङ्कलन गरिएको रकम प्राविधिकको तलबमा खर्च भयो” उनले भने । आयोजना निर्माणका लागि अन्य सरोकारवाला निकायलाई आथिर्क सहयोगका लागि गुहार गरेपनि सुनुवाई हुन सकेको छैन । 

विसं २०६२ मा जिविसअन्तर्गतको ऊर्जा शाखा र गरिबी निवारण कोषको संयुक्त लगानीमा १५ किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना बनेको हो । आयोजना बन्द हुँदा अहिले १८० घरपरिवारले अन्धकारमा बस्नु परेको छ । 

]]>