देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुलेटको अभावमा ग्यास आयातमा समस्या

देशान्तर

काठमाडौं । नाका सहज भएपनि बुलेट अभावको कारढा पर्याप्तमात्रामा खाना पकाउने एलपीजी ग्यास आपुर्ती गर्न समस्या भएको छ ।

ग्यास आयात लोडिङ गर्नलाई समेत बुलेट कम भएका कारण भारतबाट ग्याँस लोडिङ गर्न समेत समस्या भएको नेपाल आयलनिगमले बताएको छ ।

रक्सौलमा रोकिएका ग्याँसका बुलेट रिरुटिङ गरेर नेपाल ल्याउन अनसमति पाए पछि सोमबार भैरहवा हुदै २५ बुलेट ग्याँस नेपाल भित्रिएका थिए ।  अन्य भारतीय ग्यास डिपोबाट लोडिङ बढाउने योजना छ । तर, पर्याप्त बुलेट नहुँदा समस्या भएको छ ।

सकेसम्म धेरै ग्यास भित्राउन इन्डियन ग्यास ट्रान्सर्पोटरसँग छलफल भइरहेको निगमका अधिकारीहरुले बताएका छन् ।

नेपालमा झण्डै ४ सय ५० वटा भारतीय बुलेटले ग्यास ल्याउने गरेका छन् । जसमा झण्डै साँढे दुईसय बुलेट रक्सौलमा रोकिएपछि आधाले मात्र ग्यास ओसारिरहेका छन् । भारतीय सुनौली, जोगबनी र रुपैडिहा भन्सारले पछिल्ला दिनमा इन्धनका गाडीलाई सहज रुपमा प्रवेश गर्न दिएका छन् ।

नाका सहज भएसंगै भारतीय आयल कर्पोरेशन पनि ग्यासको लोडिङ बढाउन तयार रहेकोे छ । तर बुलेटको संख्या कम भएका कारण आपूतीमा असहज हुदै आएको छ ।

]]>