देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कैलाली काँग्रेस पार्टी कार्यालयमा गरिएको धर्ना स्थगित

देशान्तर

धनगढी। पार्टीको क्रियाशील सदस्यता विवादलाई लिएर काँग्रेस पार्टी कार्यालय कैलालीमा चार दिनदेखि जारी धर्ना आज बिहान स्थगन गरिएको छ । 

पार्टीको केन्द्रीय कार्यालमा क्रियाशील सदस्यता विवादका सम्बन्धमा सोमबार भएको निर्णयबमोजिम धर्ना स्थगन गरिएको काँग्रेस कैलालीका नेता आनन्दराज जोशीले बताए ।

धर्ना स्थगन गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला नेताहरुले पार्टीको निर्णयले अरू पार्टीबाट हालै प्रवेश गरेका नेतालाई क्रियाशील सदस्यताको भूमिका नदिएर अपमान हुने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

]]>