देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रहेनन् कांग्रेसका कर्मठ कार्यकर्ता बीरेन्द्र दाहाल

देशान्तर

सभापति कोइरालाद्वारा श्रद्धाञ्जली अपर्ण

काठमाडौं । नेपाली कांगे्रसका सभापति सुशील कोइराला आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेर नेपाली कांग्रेसका कर्मठ कार्यकर्ता बीरेन्द्र दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले सो अवसरमा स्व. दाहालको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

२००५ साल असोज १३ गते तेह्रथुम जिल्लाको पौठाकमा जन्मिएका दाहालको हिजो (शनिबार) साँझ ६ बजे उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

६७ बर्षीय दाहालमा पछिल्लो समयमा मधुमेह सहित कलेजो र मृगौला संक्रमणबाट पीडित थिए ।

पाँच दाजुभाइ मध्येका जेठा बीरेन्द्र आफ्ना भतिज सूरज दाहालको मनमैजुस्थित निवासमा बस्ने गर्थे ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका सहयोगीको रुपमा लामो समय रहेका स्व. दाहाल नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सहयोगीका रुपमा पनि रहेका थिए ।

प्रवासकालदेखि नै नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाको सानिध्यमा रहेका स्व. दाहाल कोइराला परिवारका पारिवारिक सदस्यकै रुपमा गनिन्थे ।

शिक्षण अस्पतालमा स्व.दाहालप्रति श्रद्धासुमन अर्पण गर्दा सभापति कोइराला भावुक बने । सो अवसरमा उनले दिवंगत दाहालका भाई भतिजा परिवारजनसंग उनी निस्वार्थभावले लोकतन्त्रका प्रति समर्पित रहेको बताए । व्यक्तिगत सुख, सुविधा, खानपान र स्वास्थ्यमा भन्दा पार्टीकै काम र जिम्मेवारीमा रम्ने दाहाल जस्ता निस्वार्थ, इमान्दार, अनुशासित र कर्मठ कार्यकर्ताको योगदानले नै नेपाली कांग्रेस जीवन्त बनेको सभापति कोइरालाले बताए ।

स्व. दाहालप्रति श्रद्धाञ्जली अर्पण गरी शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु, सांसद्, कार्यकर्ता र भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरु  महाराजगञ्ज पुगेका थिए ।

स्व. दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने कार्यक्रम रहेको छ ।

 

]]>