देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसमा नेतृत्व फेरिन्छ: महत

देशान्तर

बागलुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले आउँदो महाधिवेशनले काँगे्रसको मूल नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन, बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले पुरानै नेतृत्व दोहोरिन नसक्ने धारणा राखे ।

सुशील कोइराला पुनः सभापति हुने सम्भावना नरहेको भन्दै उनले अर्को विकल्प आउनसक्ने संकेत गरे ।
    
‘अहिलेकै सभापति फेरि सभापति हुने कुरा आउँदैन’ नेता महतले भने ।
    
सहमति बन्ने अवस्थामा नेता शेर बहादुर देउवा र वर्तमान उपसभापति रामचन्द्र पौडेल पनि सभापति बन्ने सम्भावना जीवित रहेको नेता महतले बताए । नेता महतले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार हटाउने अभियानमा नलागेको प्रष्ट पारे । ‘हामी अहिलेको सरकार हटाउने अभियानमा छैनौं, बरु सरकार आफ्नै गतिविधि र बोझले हट्ने सम्भावना म देख्छु’ नेता महतले भने ।
    
उनले मुलुकको वर्तमान सङ्कट समाधानका लागि सरकार गम्भीर नभएको आरोपसमेत लगाए । वार्ता र सहमतिकै माध्यमबाट समस्याको हल हुनेमा जोड दिदैँ नेता महतले ‘आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गरे ।’

आपूर्तिमा भएको अवरोधका कारण इन्धनलगायत दैनिक उपभोग्य वस्तुमा देखिएको चरम मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारले कडाइ गर्नुपर्ने उनको भनाइ थियो ।

 

]]>