देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार आफै ढल्ने तयारीमा छ : डा शेखर

देशान्तर

बैतडी । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले अहिले नेपाली काँग्रेस कमजोर भएकोले राष्ट्रियता र लोकतन्त्र कमजोर बनेको भन्दै आगामी महाधिवेशनमा सक्षम र सबल नेतृत्व चयन गरेर मजबुत काँग्रेस निर्माणको अभियानमा जुट्नका लागि कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । नेपाल शिक्षक संघ बैतडीको १९ औं जिल्ला प्रतिनिधी सभालाई संबोधन गर्दै कोइरालाले मूलूक अहिले विदेशीहरूको क्रिडास्थल बनेको भन्दै मूलूकको अश्मिता जोगाउँने जिम्मेवारी काँग्रेसकै काँधमा आएको बताए । 

नेपाली काँग्रेस दूरदराजमा बसेर काम गर्ने कार्यकर्ताहरूको जगमा उभिएपनी आज दुरदराजका कार्यकर्ताहरूको योगदानको मुल्यांकन नभएकोमा आफू दूखी बनेको बताए । कोइरालाले पार्टी भित्रको भागबण्डाको राजनितीले आम कार्यकर्ताहरूको शिर निहुरिएको भन्दै पार्टीको आसन्न महाधिवेशनमा भागबण्डाको राजनिती कूनैपनी हालतमा तोड्ने प्रतिबद्धता ब्यक्त गरे । 

आफू ६०–४० को भागबण्डामा नरहेको प्रष्ट्र पार्दै कार्यकर्तालाई पनी भागबण्डा राजनितीबाट कुक्त हुन आग्रह गरे । जनताको दैनिकी अत्यन्तै कष्टकर बन्दा पनी त्यसलाई लत्याउँदै सरकार मन्त्रालय फूटाएर मन्त्री पद भागबण्डाको रमितामा लागेको बताउदै कोइरालाले भने– ‘सरकार ढाल्न काँग्रेस कदापी लाग्दैन् । सरकार कालाबजारी,भ्रष्ट्राचार र कूशासनलाई संस्थागत गर्न लागेकाले सरकार आफै ढल्ने तयारीमा पूगिसक्यो, अब सरकार ढल्नबाट कसैले रोक्न सक्दैन ।’ 

]]>