देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्लोबल आईएमई बैंकको बैतडीमा शाखारहित बैंकिङ सेवा

देशान्तर

काठमाडौं। ग्लोबल आईएमई बैंकले जिल्लाको श्रीकोटमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ । 

गाउँमै बैंकिङ सेवा पाएपछि स्थानीयबासि खुशी भएका छन् । श्रीकोट गाविस–४ खोचल्लेक बजारमा बैंकले आफ्नो सेवा विस्तार गरेको हो । 

बैंकसम्बन्धी सानोतिनो काम पर्दा समेत सदरमुकाम जानुपर्ने बाध्यताबाट ग्राहकहरुलाई यो सेवाबाट राहत पुग्ने विश्वास बैंकले  लिएको छ ।  

बैंकले सेवा विस्तार गरेपछि खातामा रकम जम्मा गर्न, झिक्न, रकम थाहा पाउनेलगायत सामान्य कामका लागि सदरमुकाम जानुपर्ने बाध्यताबाट मुक्त हुने बैंकले जनाएको छ । 

बैंकिङ  सेवालाई सबैको  पहँचमा विस्तार गर्ने बैंकको  लक्ष्य अुनरुप नै शाखारहित बैंकिङ  सेवा विस्तारलाई निरन्तरता दिईरहेको र यसकै पाटो यो शाखा विस्तार भएको बैंकले बताएको छ । 

]]>