देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिवम् सिमेन्टको उपभोक्ता योजना

देशान्तर

काठमाडौं । शिवम् सिमेन्टले उपभोक्ताहरुलाई थप सुविधा दिने उद्देश्यका साथ उपभोक्ता योजना, ‘शिवमको साथमा लक्ष्मी छ हातमा’ ल्याएको छ ।  

शिवम् सिमेन्ट उद्योगका  अनुसार योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक २५ बोरा सिमेन्टको खरीदमा १० ग्राम चाँदीको सिक्का तुरुन्त पाउने छन् । 

योजना पहिलो चरणमा यही मंसिर १५ गते देखि २१ गते सम्म काठमाडौँ उपत्यका र  मंसिर १६ देखि २१ गतेसम्म हेटौँडाको लागू हुने पनि कम्पनीले जानकारी दिएको छ। 
 
यो योजनाबाट ग्राहकहरु प्रत्यक्ष रुपमा थप लाभान्वित हुनुको साथै निर्माण कार्यहरु अगाडि बढाउन पनि प्रोत्साहन मिल्ने कुरामा कम्पनीको विश्वास रहेको उद्योगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘हाल योजनाबाट प्राप्त हुने प्रतिक्रिया र उत्साहलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले भविष्यमा पनि ग्राहकहरुलाई प्रत्यक्ष फाइदा पुर्याउने योजनाहरु लिएर आउने उद्योगले  प्रतिबद्घता जनाएको छ । 
 
हेटौडामा अवस्थित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा शिवम् ओ.पि.सी. सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएको पनि बताएको छ। 

]]>