देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्सबैंक र नेपाल क्लियरिङ्ग हाउसबीच विद्युतीय भुक्तानी सम्झौता

देशान्तर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बिच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता भएको छ । 

सम्झौता बमोजिम नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली  सेवा संचालनको लागी विद्युतिय भुक्तनी प्रणाली उपलब्ध गराउने बैंैकद्वारा जारी विज्ञप्तीमा जनाईएको छ। 

सम्झौता पश्चात गा्रहकहरुले बैंक मार्फत क्लियरिङ्ग हाउससंग आवद्घ सदस्य बैंक तथा बित्तिय संस्थाहरुको कुनै पनि खातामा सिधै कारोबार गर्ने सक्ने बैंकले जनाएको छ ।  

सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँँग यस्तो सम्झौता गर्ने सिटिजन्स बैंक पहिलो  बैक रहेको जनाएको छ । यसको साथ साथै बैकले निकट भविष्यमा विभिन्न सेवाहरुलाई विस्तार गर्दै लैजाने योजना राखेको छ ।
 

]]>