देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेगा बैंकको शाखा अछामको साँफेबगरमा

देशान्तर

काठमाडौं । मेगा बैंकले अछामको साँफेबगरमा शाखा बिस्तार गरेको छ । बैंकको २९ औँ शाखा हो । दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले बैंकले सक्षम परियोजनासँगको सहकार्यमा शाखा विस्तार गरेको जनाएको छ ।

साँफेबगरमा निजी क्षत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो भने अछाम जिल्लाभरमा निजी क्षेत्रको बाणिज्य बैंकको शाखा विस्तार भएको दोस्रो भएको बैंकद्वारा जारी विद्दज्ञप्तीमा जनाईएको छ । 

शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।

सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ । लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ ।

]]>