देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राइम बैंकको १९ प्रतिशत लाभांश प्रस्ताव

देशान्तर

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले करिब १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको २५८ औ बोर्ड बैठकले १८ प्रतिशत बोनस सेयर तथा ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गतबर्षको नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । गत आर्थिक बर्षमा बैंकले ८० करोड खुद नाफा कमाएको थियो । प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने बताएको छ । 

बैंकसँग अहिले तीन अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी छ । १८ प्रतिशत वोनस सेयरपछि चुक्ता पुँजी तीन अर्ब ७० करोड रुपैयाँ पुग्ने छ ।

]]>