देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा थपलिया

देशान्तर

काठमाडौँ । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्षमा रामशरण थपलिया निर्वाचित भएका छन् । 

नेपाली काँग्रेस निकट केन्द्रीय पर्यटन विभागको प्रथम राष्ट्रिय भेलाले थपलियाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

सङ्घको उपाध्यक्षमा नवीन त्रिताल र कुमार अधिकारी, महासचिवमा सोनामजी शेर्पा, सचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा धनप्रसाद गुरुङ र सहकोषाध्यक्षमा अम्बिका भट्टराई चुनिएका छन् ।

यस्तै, सदस्यमा नकुल देवकोटा, छेटुप तामाङ, कुमार लामा, सुरेन्द्रबहादुर कार्की, भरतराज पुरी, एलपी शेर्पा, अशोक केसी, शङ्कर भट्ट, टीका भण्डारी र सङ्गम शेर्पा रहेका छन् । हालको कार्यसमितिलाई विस्तार गरी २५ सदस्यीय बनाइने सङ्घले जनाएको छ । 

नवनिर्वाचित अध्यक्ष थपलियाले मुलुकको पर्यटन प्रवद्र्धनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न अभियान सुरु गरिने बताए । थपलिया ठमेल पर्यटन विकास परिषद्का अध्यक्षसमेत छन् ।

]]>