देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१० प्रतिशत बोनस दिने मेगा बैंकको प्रस्ताव

देशान्तर

काठमाडौं । मेगा बैंक लिमिटेडले साढे दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको बोर्ड बैठकले १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । 

वोनस सेयरपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८७ करोड रुपैंया पुग्नेछ ।

बैंकले गतबर्षको नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्ष ३४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकसँग अहिले २ अर्ब ६१ करोड रुपैंया चुक्ता पुँजी छ । वोनस सेयरपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८७ करोड रुपैंया पुग्नेछ ।बैंकले मर्जर र हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने योजना बनाएको छ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ८ करोड ४३ लाख खुद नाफा गरेको थियो । यसअवधिमा बैंकले निस्क्रिय कर्जाको अनुपातलाई भने घटाएकोछ । निक्षेप संकलन र कर्जा प्रबाह रकम भने बढेको छ ।

आगामी आर्थिक वर्षमा २ अनुपात १ का आधारमा बैंकले १ अर्ब ४३ करोड रुपैंयाको हकप्रद शेयर निष्काशन गर्ने छ भने त्यस पछि ३४ करोड रुपैंयाको बोनस शेयर बितरण गर्नेछ । ४ अर्ब ६५ करोड रुपैंया चुक्ता पूँजी पुगे पछि  ३ अर्ब रुपैंया चुक्ता पूँजी भएको बैंकसंग मर्जमा जाने बैंकको योजना छ ।

]]>