देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इयुबाहेकका सबै रकम दातृ निकाय मार्फत नै सञ्चालन हुने

देशान्तर

काठमाडौँ।पुननिर्माण कार्य दातृनिकायमार्फत नै सञ्चालन हुने भएको छ । युरोपीयन युनियन बाहेक अन्य सबै कार्यक्रमहरु दातृनिकायमार्फत कार्यक्रम सञ्चालनको तयारी भईरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले जानकारी दिए । 

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि प्रदान गरिने अनुदानको पहिलो किस्ता जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत नै पठाउन लागिएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले तत्काल बैंकिङ सेवाको पहुँच त्यहाँ नपुगुन्जेल कम्तीमा पनि पहिलो किस्ता पुरानै पद्धतिबाट पुर्याउँदा उपयुक्त हुन्छ भन्ने मत बनेको उनले जानकारी दिए । 

सहयोगको रकमबाट घर निर्माण गर्न रकम अपुग भएको खण्डमा सामूहिक जमानीका आधारमा थप रु तीन लाखसम्म ऋण उपलब्ध गराउने गरी कार्यविधि निर्माण भइरहेको बताउँदै डा खतिवडाले सहयोगस्वरुप उपलब्ध गराइने रु दुई लाख सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाइसकिएकाले केही दिनभित्र वितरण हुने बताए । 

दातृ निकाय र अर्थ मन्त्रालयलाई परियोजना सञ्चालनका लागि हस्ताक्षरका लागि ताकेता भइरहेको र आवासका लागि धेरै संस्थाले इच्छा देखाइरहेको जनाइएको छ । प्राधिकरण गठन भएपछि काम गर्न सजिलो होस् भनेर नियमावली, कार्यविधि र मापदण्ड तयार गर्ने काम भइरहेको बताउँदै डा खतिवडाले योजना आयोगले दातृ निकायसँग समन्वयको काम गरिरहेको जानकारी दिए । 

समितिका सभापति सुशील श्रेष्ठ तथा सदस्य हितराज पाण्डे, कमलाकुमारी घिमिरे, कौशल साहलगायतले भूकम्प भएको आठ महिना बित्न लाग्दा समेत सरकार पीडितको पीडामा मल्हम लगाउन दत्तचित्त नदेखिएको तथा न्यानोका लागि भनेर घोषणा गरिएको रकम वितरणमा ढिलाइ भएको भनी आक्रोश व्यक्त गरेका थिए । 

मुलुकको मुख्य योजनाकार निकाय भएकाले ठीक ढङ्गले योजना बनाएर बस्ती विकासका कार्यक्रम अघि बढाउन सदस्यहरुले सुझाव दिएका थिए ।
 
पुनःनिर्माणको कामलाई राजनीतिक विभेद हुनबाट रोक्नेतर्फ विशेष चनाखो बन्न आयोगलाई सदस्यले सुझाव दिनुभएको थियो ।

]]>