देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्व सांसद खड्काको स्मृतिमा रु २५ लाखको अक्षयकोष

देशान्तर

बागलुङबजार। स्व सांसद हरिबहादुर खड्काको स्मृतिमा उनको परिवारले रु २५ लाखको अक्ष्यकोष स्थापना गर्ने घोषणा गरेको छ । 

जिप दुर्घटनामा परी दिवङ्गत श्रीमानको स्मृतिमा सांसद् रहेकी श्रीमती चम्पादेवीले सामाजिक काममा खर्चिने गरी ‘हरि खड्का प्रतिष्ठान’ घोषणा गरिएको बताइन् । खड्काको निधन भएको वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले प्रतिष्ठानमार्फत स्मृति कोष स्थापनाको घोषणा गरेको हो ।

बुवाको सामाजिक काम गर्ने चाहना पूरा गर्न प्रतिष्ठान स्थापना गरिएको खड्काका ज्येष्ठ सुपुत्र डा सुदीप खड्काले बताए । अक्षय कोषमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा खर्च गरिने परिवारले जनाएको छ । 

]]>