देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एडिबीद्वारा विपद्न्युनीकरणको लागि डेढ अर्ब अनुदान

देशान्तर

काठमाडौँ। एसियाली विकास बैँक (एडीबी) ले विपद् न्यूनीकरण र भूकम्प प्रभावित क्षेत्रका जनताका जीवनस्तर सुधार योजनाका लागि रु एक अर्ब ५७ करोड अनुदान सहयोग गरेको छ । 

उक्त अनुदान सहयोग सम्झौतामा आज अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र एडिबीका नेपाल निर्देशक केनीची योकोयामाले हस्ताक्षर गरे । ‘गरिबी न्यूनीकरणका लागि जापान कोष’को सहयोग रहेको सो अनुदान साना किसान विकास बैँक लिमिटेडमार्फत परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार सो योजना अन्तर्गत भूकम्प प्रभावित क्षेत्रको जनजीवन सुचारु बनाउन साना किसानका लागि कूल कर्जा, भत्केका विद्यालयको पुनःस्थापना र भविष्यमा विपद्बाट बचाउनका लागि विभिन्न किसिमका कार्य सञ्चालन गरिनेछन् । 

कार्यक्रममा मन्त्रालयका सचिव रेग्मीले एडिबीले नेपाललाई गर्दैआएको सहयोगका लागि आभार व्यक्त गर्दै सो अनुदान सहयोग भूकम्प प्रभावित क्षेत्रका जनताको जीवनस्तर सुधार, विद्यालयको स्तरोन्नत्तिका लागि साना किसान विकास बैँकमार्फत परिचालन गरिने बताए । 

कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका नेपालका प्रमुख प्रतिनिधि सुतोमु सिमिजुलगायतका पदाधिकारी उपस्थित थिए ।

]]>