देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रैथाने धानका जात हराए

देशान्तर

गौशाला। वर्षौँदेखि महोत्तरीमा उब्जनी र स्वादका हिसाबले अत्ति उत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् ।

जिल्लाबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, बच्ची, जसवा, बाहरनी, मन्सरी प्रजातिका रैथाने धान हराएका छन् । अहिले जिल्लामा उन्नत् जातका नयाँनयाँ प्रजाति आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको किसानको भनाइ छ । 

स्वाद, सुगन्ध र रङ्गका कारण कुनै बेला सौख र सम्पन्नताको प्रतीक मानिने करियाकामत धानसमेत अहिले लोपोन्मुख अवस्थामा रहेको किसानहरुले बताएका छन् । तर रैथाने मध्येकै बासमती धानले अहिले पनि अस्तित्व बचाएकै छ । 

रैथाने धान हराउँदै गएपछि गाईवस्तुलाई खुवाउन पराल, परम्परागत रुपमा परालले तयार पारिने गुन्द्री (चटाई) र पिर्का तथा छाना छाउने कामसमेत प्रभावित भएको किसानहरुले चिन्ता छ ।  जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोपसमेत बढेको उनीहरुको भनाई रहेको छ । 

]]>