देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीमा अवरोध हटाउन काँग्रेस उपसभापति पौडेलको आग्रह

देशान्तर

बागलुङ। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत मधेसकेन्द्रित दललाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधन खोज्न आग्रह गरेका छन् । 

नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सीमित स्वार्थका लागि राष्ट्रलाई सकस नदिन ती दललाई आग्रह गरे । पौडेलले दशगजामा बसेर आन्दोलन गर्दैमा समस्या समाधान नहुने तर्क गर्दै भने, “सीमा नाकाको अवरोध हटाएर संविधान संशोधनको बाटामा आएमा मात्रै देशले मुक्ति पाउने छ । ” 

त्यस्तै काँग्रेस म्याग्दीले आजदेखि सुरु गरेको ‘जनताको आँगनमा काँग्रेस’ अभियानको शुभारम्भ गर्दै नेता पौडेलले नेपाल आन्तरिक समस्याको समाधान गर्न सक्षम भएको र बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताए । 

उपसभापति पौडेलले सार्वभौमसम्पन्न नेपाली जनताले बनाएको संविधान अरुलाई चित्त नबुझ्दैमा खराब हुन नसक्ने बताए । 

]]>