देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छानबीनको विरोध अनावस्यक राजनीतिः अख्तियार प्रमुख

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्किले अहिले थालिएको अनुसन्धान कुनै पनि हालतमा नरोकिने बताएका छन् । 

भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोग परिसरमा भएको कार्यक्रममा बोल्दै उनले जस्तोसुकै परिस्थिति आएपनि अहिले थालिएको छानविन नरोकिने उनले प्रष्ट पारेका हुन् । प्रमुख आयुक्त कार्कीले कानुनसम्मत अनुशन्धान गर्दा भइरहेको विरोध प्रति उनले अनावस्यक राजनीति भन्दै अहिले सार्वजानिक भएका नामको अलवाह पनि अरु थुप्रै प्रभावशाली व्यक्तिमाथिको अनुसन्धान पनि जारी रहेकोले अझ यसको सुची लामो हुने तर छानबिन नरोकिने उनले बताए । 

प्रमुख आयुक्त कार्किले अख्तियारले पत्र काटेर छानबिन गर्दैमा दोषी नहुने भन्दै अख्तियारलाई आफ्नो संबैधानिक दायित्व स्वतन्त्ररुपले प्रयोग गर्नदिन आग्रह गर्दै भने , ‘अनुशन्धानपछि को दोषीको को होइन थाह हुन्छ । अनुशन्धान कै विरोध गर्नु राम्रो होइन ।’ उनको अनुसार अख्तियारले पहिला जस्तै सिधै नसमातेर अनुशन्धानका लागि खुकुलो र लचिला हुँदा पनि विरोध भएको समेत आपत्ति जनाएका थिए ।

कार्किले आफू पदमा रहेपनि नरहेपनि अनुसन्धान नरोकिन भन्दै भने,‘बरु म पदमा नरहुँला तर छानबिन रोकिन्न।’ 

]]>