देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माण प्राधिकरण विधेयक संसदीय समितिबाट पास

देशान्तर

काठमाडौं । लामो समयदेखि संसदको विधायन समितिमा अल्झीएको पुननिर्माण प्राधिकरण विध्येक समितिले पारित गरेको छ । 

समितिबाट पारित भएपछि यो विधेयक छलफलको लागि संसदमा पठाइने छ ।

त्यसमा नेपाली कांग्रेसका सांसद अञ्जना ताम्लीले राखेको पुरानो नियुक्तिलाई कायमै राख्नुपर्ने भन्ने प्रस्तावलाई असहमतिको दस्तावेजको रुपमा समितिले संसदमा पठाएको छ ।

ताम्लीले चाहिँ पुनर्निर्माण प्राधिकरण सम्बन्धि यसअघिको अध्यादेश बमोजिम नेपाल सरकारले गरेको नियुक्तिहरु यसै बमोजिम भए गरेको मानिेने व्यवस्था थप गर्न प्रस्ताव गरेकी थिइन् । आजको बैठकमा कांग्रेसका अर्का संसद नवीन्द्रराज जोशीले त्यसलाई पारित गर्न माग गरेका थिए । तर सत्तारुढ सांसदहरुले अस्विकार गरेका थिए ।

ुलामो समयदेखिको यो पुनर्निर्माण प्राधिकरण सम्बन्धि कानुनी अल्झन फुकेको छ । 

]]>