देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिपक्षीय वार्ता निष्कर्षविहिन

देशान्तर

काठमाडौं । लगातार अबरुद्ध हुदै आएको संसदको गतयावरोध अन्त्य गर्ने र मधेसको समस्या समाधान गर्ने  विषयमा भएको त्रिपक्षीय वार्ता बिना निष्कर्ष सकिएको छ । 

संसदमा पुननिर्माण प्राधीकरण विधेयक र संविधान संशोधनको विधेयक अघि बढाउने विषयमा कांग्रेस र मोर्चाले आआफ्नै अडान नछोडेपछि वार्ता निष्कर्षविहीन भएको हो । दलहरु सहमतिमा पुग्न नसकेपछि आइतबारको संसद बैठक पनि अवरुद्ध हुने देखिएको छ । 

कांग्रेसले संविधान संशोधन र पुननिर्माण विधेयक सँगै पेश गर्नुपर्ने अडान राखेको थियो भने मोर्चाले दुबै विधेयक अलग भएको भन्दै संविधान संशोधन विधेयक मात्रै पेश गर्नुपर्ने अडान लिएको थियो । 
बैठकबाट बाहिरिँदै कांग्रेस उपसभापति पौडेलले आफूहरुले दुबै विधेयकलाई सँगसँगै लानुपर्ने भनेपनि मोर्चाले त्यो नमानेको बताए ।

सत्तापक्ष, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबिच प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको वार्ता मधेस समस्याको बारे कुरै नगरी टुङ्गिएको हो ।

]]>