देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १ गते बस्ने

देशान्तर

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ गते बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय ललितपुर, सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक र आसन्न १३औँ महाधिवेशनको तयारीका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले बताए । 

बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक अघि बढाउन काँग्रेसले खेल्ने भूमिकाका बारेमा पनि छलफल हुने बताइएको छ । 

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको आसन्न १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुदैछ । महाधिवेशनको तयारीका लागि गठित समितिले गरेका कामका बारेमा बैठकमा समीक्षा हुने पार्टी कार्यालयले जनाएको छ । 

]]>