देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन पाखा लगाउने खेलमा सरकार- निधि

देशान्तर

चितवन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सरकार पुनःनिर्माण विधेयक अनुमोदन गरेर संविधान संशोधनलाई पाखा लगाउने खेलमा लागेको आरोप लगाएका छन् । 

पत्रकारहरुसँग आज भरतपुरमा कुराकानी गर्दै उनले वर्तमान सरकारले देशमा देखिएको समस्या समाधानका लागि राजनैतिक तवरबाट कुनै पनि पहल कदमी नगरेका कारण देशमा जटिलता बढ्दैगएको बताए।
 
मधेसकेन्द्रित दलको मागलाई सहमति मार्फत सम्बोधन गरी संविधान कार्यान्वयनमा ल्याउनका लागि काँग्रेस कहिल्यै पछि नहट्ने समेत उनले बताए । सरकारले प्रशासनिक निकाय परिचालन गरेर नाकामा भएको अवरोध र अहिलेको जटिलता समाधान नहुने तर्क नेता निधिले गरे । 

]]>