देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माण र संविधान संशोधन विधेयक पेस

देशान्तर

काठमाडौं । व्यस्थापिका संसदको आजको बैठकमा मधेसी दलका सभासदहरुको नारावाजीकाबीच भूकम्पपछिको पुनर्निर्माण र संविधान संशोधन विधेयक पेस भएको छ । 

प्रमुख प्रतिपक्षी कांग्रेसले भने आज कुनै अवरोध गरेको छैन । भूकम्प सम्बन्धी पुनर्निर्माण विधेयक बढाउन मात्र सहमति जनाएका मधेसी दलले बैठकको कार्यसूचीमा अन्य विषयपनि ल्याइएपछि बिरोधमा उत्रिएका हुन् ।
विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका छन् । भने कानुन मन्त्री अग्नी खरेलले संविधानको पहिलो संशोधन विधेयक पेस गरेका हुन् ।

दुवै विधेयक पेस भइसकेपछि सभामुख ओन्सरी घर्तीले पुस १ गते सम्मका लागि बैठक स्थगित गरेकी छन् ।

 

 

]]>