देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पथलैयादेखि बर्दिवाससम्म चुरे भावर प्रदेश माग

देशान्तर

काठमाडौं। चुरे भावर राष्ट्रिय एकता पार्टीले देशको वर्तमान समस्याले जनताको जीवनयापनमा नै ठूलो सङ्कट आएको भन्दै विगतमा भएको सम्झौतालाई सम्बोधन गरी जटिल समस्याको समाधान गर्न सरकारसँग माग गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले देशको सङ्कट समाधान गर्न सरकारले कूटनीतिक चातुर्यता देखाउन नसकेको भन्दै मधेस आन्दोलनका कारण देश जर्जर अवस्थामा पुगेको बताए ।
 
कार्यक्रममा सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले सरकारको गतिविधिले देशको अहिलेको सङ्कट समाधान हुन नसक्ने भन्दै मधेसी मोर्चाको आन्दोलन ठीक नभएको बताए ।

उनले सरकारले आफूहरुसँग गरेको नौबुँदे, सातबुँदे र तीनबुँदे सम्झौता लागू गर्न माग गर्दै सरकारले हाम्रो मागलाई बेवास्ता गरेमा चुरे भावर प्रदेश ठप्प पार्ने चेतावनी दिए ।
 
पार्टीका सहअध्यक्ष कृष्णगोपाल श्रेष्ठले देश विषम परिस्थितिमा गुज्रिरहेको र नाकाबन्दीले मुलुक तहसनहस भएको भन्दै यसले कसैलाई पनि फाइदा नहुने बताए ।

सो पार्टीका वरिष्ठ नेता चन्द्रप्रकाश खनालले पथलैयादेखि बर्दिवाससम्मको क्षेत्रलाई चुरे भावर प्रदेश घोषणा गर्न माग गर्दै यो माग पूरा नभए कडा सङ्घर्ष गर्ने जानकारी दिए ।

]]>