देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैठक स्थगित गरेर मोर्चासँग वार्ता गर्न प्रमुख दल सहमत

देशान्तर

काठमाडौँ । जारी व्यवस्थापिका–संसद्को बैठक यही पुस ८ गतेसम्म स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् । 

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) एनेकपा (माओवादी) र राप्रपा नेपाललगायतका दलको बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरिएको हो । 

तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए । 

बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए । 

]]>