देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस र मोर्चाबीचको छलफल सकारात्मक

देशान्तर

काठमाडौं । नेपाली काँग्रेस र  सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । 

केही समय अगाडि सकिएको काँग्रेस र मोर्चाबीचको छलफलबाट निष्कर्ष केही ननिस्केपनि सकारात्मक भएको छलफलमा  सरहभागी नेताहरुले बताएका छन् । 

काँग्रेस सभापति सुशिल कोइराला निवास महाराजगञ्जमा मंगलबार बिहान भएको नेपाली कांग्रेस र मधेसी मोर्चाबीचको वार्तामा मधेसी मोर्चाका महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका मोर्चाका नेताहरुको सहभागिता रहेको थियो । 

वार्तापछि सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले वार्ता टुंगोमा नपुगे पनि सकारात्मक किसिमले अन्य वार्ता गर्ने निर्णय लिएको बताए । 

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मोर्चाका राखेका मागहरुप्रति पार्टी सकारात्मक रहेको बताउँदै नागरिकताका विषयमा काँग्रेस लचिलो भएको र सीमांकनका विषयमा अन्य दलहरुसँग छलफल गरेर सहमतिमा पुग्ने निर्णय गरेको बताए ।

]]>