देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीच त्रिपक्षीय वार्ता

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ दलको एक घटक एमाओवादी र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच महाराजगंजस्थित कांग्रेस सभापति सुशील कोइराला निवासमा वार्ता भएको छ ।

मधेसमा चार महिनाभन्दा बढी समय देखि जारी आन्दोलनको सम्बोधनका विषयमा वार्ता केन्द्रित रहेको थियो । कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र यादव लगायतका नेतहरु छलफलमा सहभागी थिए ।

३ बजेदेखि करिब २ घण्टा कांग्रेस र मोर्चाका नेताबीच मात्रै छलफल भएको थियो भने ५ बजेपछि करिब २ घण्टा त्रिपक्षीय वार्ता भएको थियो।

]]>