देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले तस्करी र महँगी नियन्त्रण गर्न सकेनः नेता नेपाल

देशान्तर

बनेपा । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले तस्करी र महँगी नियन्त्रण गर्न नसक्दा जनता मारमा परेको बताएका छन् । नेकपा एमाले, काभ्रेपलाञ्चोकले आज बनेपामा नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा उनले तस्करी र महँगी नियन्त्रणमा सरकारको उपस्थिति देखिएको छैन भने ।

मुलुकमा अहिले देखिएको समस्या समाधान गर्न पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले पार्टी एकताबद्ध भए मुलुकमा देखिएका सबै चुनौतीको सामना गर्न एमाले सक्षम हुने विश्वास व्यक्त गरे । उनले भारतको नाकाबन्दी, मधेसी मोर्चाको आन्दोलन, भूकम्पले सिर्जना गरेको समस्या मुलुकका लागि ठूलो चुनौती भएको उल्लेख गर्दै सीमाङ्कनबाहेक अन्य धेरै विषयमा वार्ताको माध्यमबाट टुङ्ग्याउन सकिने बताए ।

सीमाङ्कनको विषय जिल्लासँग जोडिएको विषय हो त्यसैले यसलाई मात्र राजनीतिक मुद्दा बनाउन हुदैन भने । सीमाङ्कनको विषयमा निर्णय लिँदा विचार पु¥याउनुपर्ने उल्लेख गर्दै नेता नेपालले संविधानको विषयमा किचलो झिकेर मुलुकलाई दूरगामी रुपमा नकारात्मक असर पु¥याउने काम गर्न नहुने बताए । सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहणपछि प्रमाणपत्रसमेत वितरण गरिएको थियो । 

]]>