देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले माफी नमागेसम्म सद्भावना वार्तामा नबस्ने

देशान्तर

काठमाडौं । प्रहरीले शनिवार दमन गरि आफ्नो पार्टी अध्यक्ष राजेन्द्र महतो सहितका नेता कार्यकर्तालाई घाइते बनाएको भन्दै सो बिषयमा सरकारले माफी नमागे सम्म सद्भावना पार्टीले सरकारसंग वार्तामा नबस्ने जनाएको छ । विराटनगरमा आफ्ना अध्यक्ष राजेन्द्र महतोसहित कार्यकर्तामाथि प्रहरीले गरेको कुटपिटको घटनाबारे सरकारले माफी नमागेसम्म बार्तामा नबस्ने निर्णय गरेको हो । 

शान्तिपूर्ण धर्नामा बसेका महतो र मोर्चाका कार्यकर्तामाथि प्रहरीले दमन गरेर घाइते बनाएको भन्दै सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने निर्णय गरेको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले जानकारी दिए । कर्णले सरकारले दमन गरेपनि आफूहरुले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने बताए । शनिवार साँझ विराटनगरको सीमा नाका रानी भन्सारमा धर्ना बस्न गएका अध्यक्ष महतोसहित १० जना कार्यकर्ता प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए । 

सीमा नाकामा अवरोध गर्न बसेका महतोलाई प्रहरीले हटाउने क्रममा जबरजस्ती गरेपछि हस्तक्षेप गर्दा महतो घाइते भएका थिए । महतोको टाउको र खुट्टामा चोट लागेको छ । महतोसहित घाइतेहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । महतोको टाउको र खुट्टामा चोट लागेको छ । यसै विषयमा छलफल गर्न आइतवार दिउँसो मधेसी मोर्चाको बैठक बस्दैछ ।

 

]]>