देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको विकल्प खोज्ने बेला भएको छैन– सिटौला

देशान्तर

चितवन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन र भूकम्प प्रभावितका लागि काम गर्नुपर्ने बेला भएकाले सरकारको विकल्प खोज्नेतर्फ लाग्न नहुने बताए ।

काँग्रेस अहिले सत्ताको खेलमा प्रवेश नगर्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा हुँदै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म पहिलो चरणमा संविधानको कार्यान्वयन हुन नसक्ने भन्दै उनले यी सबै काम गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

महामन्त्री सिटौलाले भूकम्पपीडितको अवस्था दयनीय बन्दै गएको हुँदा त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

काँग्रेस अहिले महाधिवेशनको तयारीमा जुटेको भन्दै उनले १३औँ महाधिवेशनले नयाँ दृष्टिकोण र विचार ल्याउने पनि बताए । पत्रकारको जिज्ञासामा महामन्त्री सिटौलाले आफ्नो उम्मेदवारीको विषय सार्वजनिक गर्ने समय नआएको बताए । उनले भने, “बोलेर पत्याउने समय आएपछि मात्र उम्मेदवारीको घोषणा गर्छु ।”

मधेसी दलसँगको वार्ता छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले सीमाङ्कनको विषय तत्काल टुङ्गिन नसक्ने बताए । राजनीतिक समिति बनाएर त्यहीँका जनताको राय/सुझाव लिएर मात्रै सीमाङ्कन हेरफेर गर्न सकिने उनको भनाइ थियो ।

]]>