देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस परिवर्तन र गतिशील हुनुपर्छ : उपसभापति पौडेल

देशान्तर

पाल्पा ।  नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएकाले नेपाली काँग्रेस पनि परिवर्तन र गतिशील हुनुपर्ने बताएका छन् । नेपाल प्रेस  युनियन, पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति पौडेलले काँग्रेसमा भागबन्डाका आधारमा राजनीति हुँदै आएकामा अब पार्टी मूल्याङ्कनका आधारमा चल्नुपर्ने धारणा राखे ।

उनले नेपाली काँग्रेसको नीतिगत बहस हुन जरुरी रहेको र काँग्रेस बदलिएर देशलाई बदल्नुपर्ने बताए । उपसभापति पौडेलले संविधान जारी गर्ने पक्ष र मधेसी दलहरुबीच समस्या समधान गर्ने विषयमा राजनीतिक तहमा छलफल भइ रहेको उल्लेख गरे ।

काँग्रेसको १३औँ महाधिवेशन नजिकै आउँदै गरेको अवस्थामा नेता पौडेल संविधान, सद्भाव अभियानसँगै चुनावी प्रचारमा जिल्ला भ्रमण रहनु भएको छ । पाल्पामा काँग्रेसका कार्यकर्ताहरुमा चुनावी माहोल बढेको छ । 

]]>