देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जानकी मन्दिर क्षेत्र तनावग्रस्त

देशान्तर

जनकपुरधाम। प्रहरी र प्रदर्शनकारीबीच झडपका कारण जानकी मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ । 

प्रदर्शकारीले जानकी प्रहरी चौकीलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गरिरहेका छन् । प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बमले चौकी नजिकै रहेको गोलघरमा आगो लागेकामा प्रहरीको सक्रियतामा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तीन दिनदेखि सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ । प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार प्रदर्शनकारीले चौकीलाई लक्ष्य गरी ३४ पेट्रोल बम प्रहार गरेका थिए । सोमबार पनि भएको झडपमा २२ प्रदर्शनकारी घाइते भएका थिए ।

]]>