देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस नेतालाई महाधिवेशनको चटारो, सबैजसो नेता जिल्ला दौडाहमा

देशान्तर

काठमाडौँ । आशन्न १३औँ महाधिवेशनमा आ आफ्नो पक्षमा लविङ गर्न तथा पद सुरक्षित गर्न नेपाली काँग्रेसका नेता देशव्यापी दौडाहामा लागेका छन् ।  महाधिवेशनको तयारीका लागि यसअघि विभिन्न जिल्लामा पुगेर आफ्नो अवस्था बुझ्न, कार्यकर्ताको सुझाव लिन र आफ्नो मत बलियो बनाउन खटेका काँग्रेस नेताहरु पुस १६ गतेको मेलमिलाप दिवस पारेर काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।  सभापति सुशील कोइराला काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको कार्यालय भवन उद्घाटनका लागि त्यसतर्फबाट लागेका छन् ।

वरिष्ठ नेता शेरबहादुर देउवा सुदूरपश्चिमाञ्चल पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भई केही दिनअघि मात्र काठमाडौँ फर्केका थिए । उनी आज नेपाल महिला सङ्घको कोसी अञ्चलस्तरीय भेलाको उद्घाटन गर्न विराटनगर जानेछन् । यही पुस १० गतेदेखि लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको पश्चिमाञ्चल क्षेत्रीय भेलाको उद्घाटन गर्न पोखरा गएका उपसभापति रामचन्द्र पौडेल त्यसयता काठमाडौँ फर्केका छैनन् । उनी गुम्मी, स्याङ्जा, अर्घाखाँची  कपिलवस्तु आज रुपन्देही पुगेका छन् ।

उनी अझै केही दिन बाँकी जिल्लाको भ्रमण सकेरमात्र काठमाडौँ फर्कने उनका सहयोगीले बताए । काँग्रेसका शीर्ष नेता कोइराला, देउवा र पौडेलले औपचारिक रुपमा घोषणा नगरे पनि तिनै नेताले आशन्न १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने पक्कापक्की छ । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ ।  पुस १६ गतेको मेलमिलाप दिवसका अवसरमा काँग्रेसका संस्थापक स्व नेताद्वय बिपी कोइराला र गणेशमान सिंहको अर्धकद शालिकको अनावरण गर्न हिजोदेखि  चितवनमा छन् । उनी आर्जै काठमाडौंमा फर्कने कार्यक्रम छ ।  

अर्का महामन्त्री कृष्णप्रसाद सिटौला एक सातादेखि उपत्यका बाहिर छन् । उनी ् बुटवल, नवलपरासी, दाङ, हुँदै सुदूरपश्चिमसम्म पुग्ने कार्यक्रम रहेको उनका सहयोगीले बताएका छन् । पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का करिब एक सातादेखि मेची अञ्चलको भ्रमणपछि पश्चिमाञ्चल क्षेत्रसम्म पुगेर हिजो मात्र काठमाडौँ फर्केका छन् । त्यस्तै सुदूपश्चिमाञ्चल क्षेत्रको भ्रमण सकेर हालै काठमाडौँ फर्कनुभएकी पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेत्री सुजाता कोइरालाले आजदेखि मध्यपश्चिमाञ्चल क्षेत्रको भ्रमण गर्ने बताए ।

नेता अर्जुननरसिंह केसी बिहीबार भैरहवा हुँदै बुटवल पुग्ने कार्यक्रम रहेको छ । आगामी महाधिवेशनमा पदाधिकारीका आकाङ्क्षी मानिने नेताहरु रामशरण महत, विमलेन्द्र निधि, बालकृष्ण खाँणलगायतले पनि महाधिवेशनमा आफ्नो स्थान पक्का गराउन जोड घटाउ सुरु गरिसकेका छन् । आगामी महाधिवेशनका लागि गाउँ, नगर, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका छ । गाउँ नगरस्तरका अधिवेशनका लागि जिल्लामा निर्वाचनको माहोल सुरु भइसकेको छ । 

]]>