देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको संविधान अभियान पंचायतको गाउँफर्क जस्तैः डा. रिजाल

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सरकारले सुरु गरेको संविधान सचेतना अभियान पंचायतको गाउँफर्क अभियानजस्तै भएको बताएका छन् । 

प्रेस युनियन काठमाडां शाखाको साधारणसभालाई सम्बोधन गर्दै पुर्व सञ्चारमन्त्री रिजालले सरकारी कदम निर्णय माथिबाट तल लाद्ने नियन्त्रणमुखी अभियान भएकोले सकारात्मक परिणाम दिननसक्नेमा शंका उत्पन्न भएको बताउँदै भने,‘ यो अभियान सरकारले ठाउँ ठाउँमा कार्यक्रम गर्ने अनि राजनीतिक दलका नेताहरु गएर भाषण गर्ने नियन्त्रणमुखी जस्तो भएको छ, यसमा हामी सहभागी हुदैनौं । ’ रिजालले संविधान निर्माण गरेकोमा काँग्रेसलाई गर्व भएको बताउँदै सरकारी कदमले अहिलेको समस्या समाधानमा कुनै ठोस समाधान नदिने भन्दै यसको औचित्य नभएको पनि सो अवसरमा उल्लेख गरे । 

कार्यक्रममा डा.रिजालले अहिलेको समस्याको समाधानको मुख्य सुत्र भनेको मेलमिलाप नै भएको भन्दै मेलमिलाप दिवसको अवसरमा यसको सान्दर्भिकता सबैले महसुस गर्नुपर्नेमा जोड दिए । 
प्रेशयुनियन काठमाडौं शाखाको साधारणसभाले वार्षिक कार्यक्रम तर्जुम्मा तथा पारित गर्ने कार्यक्रम रहेको छ । 

]]>