देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्दयी बाबुले गरे आफ्नै चार सन्तानको हत्या

देशान्तर

मुगु । आमा बाबुको माया आप्mना बालबच्चामा कति हुन्छ त्यसको वर्णन नै गर्न सायद कसैले सक्दैन ।

आमा बुबाले बोलाएपछि बालबच्चाले आश मान्ने गर्दछन् त्यसमा पनि कोही बाबुले आफ्ना बालबच्चालाई फलफूल खान बोलाउँदा नजाने कुरै भएन । यो यस्तै आफ्ना बच्चालाई वनमा पाइने फल खान आऊ भनेर बोलाएको एक निर्दयी बाबुले फल खान आएका आफ्ना दुई छोरा र दुई छोरीलाई हत्या गरेको छ ।

गत ९ गते हयाङ्गलु–६ रिगा गाउँका नरबहादुर रोकायाले आफ्नी श्रीमती घाँस काटन गएको र आफू गाउँको भतेर खान गएको र साँझ घर आउँदा आफ्ना चार बालबालिका हराएको भनी प्रहरी चौकी सुकाढिकमा खबर गरे । यसपछि प्रहरीले चार दिनसम्म खोजतलास गर्दा पनि पत्ता लागेन ।

प्रहरी चौकी कालै, इलाका प्रहरी कार्यालय रातापानी र जिल्ला प्रहरी कार्यालय मुगुबाट गएको थप प्रहरी तथा स्थानीय गाउँलेले गाउँ वरपर खोजबिन गर्दा केही पत्तो नलागेपछि धामी झाँक्रीसम्मलाई हेराए । केही धामीले भूतप्रेतले लुकाएको हुन सक्नेसम्म अड्कलबाजी गरे तर घरमै राक्षस भएको कसैले अनुमान गरेनन् ।

आज बिहान रोकायाका छिमेकीकी छोरी  कक्षा ४ अध्ययनरत नौ वर्षीया नबिनालाई प्रहरीले सोधेपछि घटनाबाहिर आयो । नबिनाले ९ गते बिहान ११ बजेतिर चार भाइबहिनी घरबाट निस्कँदै गर्दा कता जाने भनेर सोधेको र सुन्तलीले बुबाले खेतमा खरी नामक फल खान बोलाएको भनेको बताएपछि प्रहरीको शङ्का बाबुमाथि प¥यो र तत्कालै बाबु रोकायालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा जिन्दगीबाट रिस उठेर आफ्ना बच्चाको हत्या गरी वंश नाश गरेको स्वीकारे ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकबहादुर जिसीका अनुसार रोकायाले आफ्नी नौ वर्षीया छोरी सुन्तली, छ वर्षीय छोरा युवराज, चार वर्षीया छोरी विपना र दुई वर्षीय छोरा दीप रोकायालाई खरी नामक फल खान बोलाई हत्या गरेर खेतमा खाडल खनेर चारै बच्चालाई राखी बाहिर ढुङ्गाको पर्खाल लगाएका थिए । हत्याराले बताएअनुसार गाउँबाट १०० मिटरको दूरीमा रहेको आफ्नै खेतमा बच्चाको लास फेला परेको थियो ।

प्रहरीले हत्यारा रोकायाले वंश नाश गर्ने भनेर चारै बच्चा मारेको बताए पनि आफ्नै बच्चा किन मारे भन्ने थप खुल्न आएको छैन । सधै आँखा अगाडि बोलेको रमाएको देखिने यी बालबच्चाको आँखै अगाडि लास देख्दा पूरै गाउँ शोकाकूल भएको छ । उनीहरु भनिरहेका छन् निर्दयी, पापीलाई मृत्युदण्ड दिनुपर्छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट पश्चिम उत्तरतर्फ तीन दिन पैदल यात्रामा पर्दछ ।

]]>