देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनको विमान दुर्घटना अपडेटे : इरानमा बोइङ ७३७ दुर्घटनामा सवार सबैको मृत्यु

देशान्तर

इरानमा बोइङ ७३७ युक्रेनी जहाज दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको छ ।

बोइङ ७३७ इरानको राजधानी तेहरानको इमाम खोमेनी एयरपोर्टबाट युक्रेनको राजधानी किभ जाँदै थियो । उडान भरेको तीन मिनेटमै विमान दुर्घटना भएको थियो । जहाजमा १८० यात्रु सवार रहेको प्रारम्भिक सूचना दिइएको भए पनि पछिल्लो समय १६७ जना रहेको र सबैको मृत्यु भएको जनाइएको छ ।

यकिन तथ्यांक नआए पनि सवार सबैको ज्यान गएको बताइएको छ । उड्डयन विभागको एक टिम तुरुन्तै घटनास्थलमा गएको इरानी फोर्स न्यूज एजेन्सीले जनाएको छ ।

फ्लाइट राडार २४ वेबसाइट एयरपोर्टको तथ्यांकका अनुसार बोइङ ७३७–८०० विमानले स्थानीय समय अनुसार बुधबार बिहान ५ः१५ बजे उडान भरेको थियो ।

तर त्यो विमान ६ः१२ मा मात्र उडेको थियो । उडेको केही समयमै फ्लाइटले डेटा पठाउन छाडेको थियो ।